संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले निकाले विज्ञप्ति
255 Views
काठमाडौं,२७ पुस । पुष २७ गते कथित पृथ्वी जयन्ति एबम रास्ट्रिय एकताको नाममा सरकारले रास्ट्रिय बिदा दिएर राजतन्त्र फर्काउने शुरुवात गरेको भन्दै संघीय लोकतान्त्रिक रास्ट्रिय मंचले भर्त्सना र बिरोध गरेकाे छ।
भर्खरै मात्र पनि संसारले मानेको मानबशास्त्री /भाषा शास्त्री जर्ज भान ड्रिम लगायतको टोलीले पछिल्लो हिम युग अन्त्य हुदा हालको नेपालको हिमालको काखमा आधुनिक मानव पुर्खाहरुको बाक्लो उपस्थिति रहेको र यहीबाट संसारको बिभिन्न ठाउहरुमा मानव पुर्खाहरु छरिएको प्रमाण पेश गरिरहेकाे राष्ट्रिय मन्चले जनाएको छ। विज्ञप्तिमा जर्ज लगायतको भाषाशास्त्रीहरुको एक मत छ कि – पछिल्लो ४०/५० हजार बर्षमा जब मानव समुदायले भाषाको विकास गर्दै लगे ,हो त्यो मानव समुदायले शुरु गरेको भाषा आजपनि ज्युदो भाषाको रुपमा नेपालका आदिवासीहरुले बोलिरहेकाे कुरा प्रस्ट पारेकाे छ ।
बिद्द्वानहरुको अनुसार – संसारमा धेरै भाषा उत्थान एबम पत्तन भयो तर आज नेपलका आदिबासीहरुले बोलिरहेको भाषा आजभन्दा ४० /५० बर्ष अघि नेपालकै धरतीमा उत्पति भयो र आज पनि यहाँका आदिबासीहरुले बोलिरहेका छन् |
नेपाली धरतीमा नेपाली समाजको बास्तविक उत्पतिको कथा यस्तो छ ,तर पनि यहाका उपनिबेशी शाशकहरुले नेपालको रुख ,बिरुवा ,मान्छे सबै चिज पृथ्वी नारायण शाहले बनाएको भाष्य /कथा निर्माण गरेर आफ्नो शाशन र अस्तित्व अरुलाई लादिरहेकै छन शाह /राणा/एमाले –कांग्रेस /नाम मात्रको गणतन्त्र शाशन कालमा त्यहि आर्य सभ्यताको पृथ्वीनारायणले नेपाल बनाएको औपनिबेशी भाष्य अनुसार सिंहदरबारले एकात्मक शाशन लादिरहेकै छ र अरु बहुसंख्यक नेपाली समुदायहरु निरिह भएर शासित भैरहनु परेको अवस्था छ ।
गोर्खाली आर्य सभ्यताको एकलौटी औपनिवेशिक शाशनबाट मुक्त भै गणतन्त्र ,लोकतन्त्र ,संघीयता ,समानुपातिकता र धर्मनिरपेक्षताको लागि नेपाली जनताले पटक पटक लामो आन्दोलनहरु गरे र हजारौले बलिदान दिएका छन । अहिले देशमा गणतन्त्र लागु भैसकेको र राजतन्त्र एबम सबै खाले औपनिवेशिक शाशनको अवशेषहरुलाई देशले अस्विकार गरिसकेको अवस्थामा निरकुश राजतन्त्रको मुख्य जननीकर्ताको जन्म दिनलाई रास्ट्रिय एकता दिवस भनेर सरकारले रास्ट्रिय बिदा दिनु अत्यन्त्य खेदजनक ,संविधान एबम गणतन्त्रको भावना बिपरित छ ।
सरकारको यो निर्णयले २४० बर्ष अघि संघीयतामा रहेको नेपाललाई एकात्मकरण गरिदा बिशेष गरेर यहाका आदिबासी स्वायत्त राज्यहरु मगरात ,तमुवान ,नेवा ,खसान ,थरुहट ,मधेश ,दलित मुक्ति ,शेर्पा ,तामाङसालीङ ,खम्बुवान ,लिम्बुवान प्रति गोर्खालीहरुले तरवार ,बन्दुक ,भाला ,षड्यन्त्रले कथित बिजय प्राप्त गरि आदिबासी एबम उत्पीडित समुदायलाइ लाखौको संख्यामा हत्या गरि आमसंहार गरेको कालो दिनको घाउहरु आलो भएर आउछ ।
गणतन्त्र पछी हिजोको सत्ताले यहाको आदिबासी ,दलित ,मधेशी माथि गरेको उत्पीडनको बिरुद्धमा गोलमेच सम्मेलन होला ,१०+१ प्रान्तहरु स्थापना गर्ने बाटो खोलिएका ,हिजोको दमनले पुर्याएको अपुरणीय क्षतिहरु प्रति क्षतिपूर्ति होला भनेर आशा गरिरहेको बेला देश पुन : प्रतिगमन तिर फर्केको देख्दा सम्पूर्ण उत्पीडित समुदायहरुले मोर्चाबन्दी गरेर संघीयता ,गणतन्त्र ,धर्म निरपेक्षता ,समानुपातिकता ,१०+१ प्रान्तको लडाइको रक्षा गर्न एक ढिक्का भएर आफ्नै नेतृत्वमा बिश्वाशिलो संघीय गणतान्त्रिक राजनैतिक शक्ति बिकाश गर्नु पर्ने अवस्था आएको छ र यसको लागि संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सदैव तयार रहेको कुरा संघीय लोकतान्त्रिक रास्ट्रीय मंचका अध्यक्ष कुमार लिङ्देनले जनाएको हाे। अन्त्यमा ,पुष २७ लाइ राजतन्त्र फर्काउने दिनको रुपमा सरकारले रास्ट्रिय बिदा दिएको प्रति यस मंच घोर आपत्ति ,बिरोध र भर्त्सना गरेकाे छ ।
कुमार लिङदेन मिराक ,अध्यक्ष
प्रतिक्रिया दिनुहोस