मकवानपुर १ मा स्वतन्त्र उम्मेदवारकाे जित सुनिश्चित,
248 Views
मकवानपुर, कार्तिक ४ खाेज मिडिया। मकवानपुर जिल्ला क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार आईतराम तामाङकाे नेतृत्वमा हेटाैँडाकाे बदेलधाप वडा नं १४ मा सम्पर्क कार्यलय उद्घाटन सम्पन्न गरियाे ।
बदेलधापका स्थानीय बासिन्दाहरुकाे भनाई अनुसार बिगतका दिनमा धेरै पार्टीलाई मतदान गरि जिताएर पठाए तर कुनैपनि पार्टीले गाउँठाउँकाे लागि सहयाेग नगरेकाे र कुनै कार्यमा वास्ता नगरेकाे गुनासाे सुनाएका थिए । अबकाे दिनमा पार्टी भन्दा माथि स्वतन्त्र उम्मेदवार रहेकाे भन्दै मंसिर ४ गते स्वतन्त्रलाई भाेट दिने भन्दै खुलेर लागेकाे बताए ।
यतिबेला धेरैजसाे जन्ताहरु अन्याेलमा छन्, जुन पार्टीलाई भाेट दिएर जिताए पनि कसैले केही गर्न नसकेको भन्ने गुनासाे जनमानसमा सुनिन्छ । तर स्वतन्त्र उम्मेदवारले अबकाे दिनमा जन्ताकाे हितकाे लागि केही गर्छ भन्ने छाप बसाएकाे छ स्वतन्त्र उम्मेदवारहरुले । स्थानीय बासिन्दाले भने काठमाडौं र धरानको मेयर दुईजनाकाे उदाहरण दिदैँ “अबकाे देश युवाले बनाउन सकिन्छ धरान र काठमाडौंमा जसरी उपलब्धि हुदैँछ त्यसरी नै मकवानपुरमा पनि उपलब्धि गराउँनका लागि हामी जन्ता एक भएर स्वतन्त्रलाई जिताउनका लागि जे जस्ताे परि आई परेपनि स्वतन्त्रलाई नै जिताउनेछाैँ।” स्थानीय बासीहरुकाे भनाई रहेकाे छ ।
स्वतन्त्र उम्मेदवार आईतराम तामाङले भने,” अबकाे दिनमा डेट स्पाईर भएकाे ओैँषधीलाई फालाै, नयाँ ओैँषधीलाई खाओैँ” हाम्राे देश ,हाम्राे समाज सुन्दर बनाओैँ यसैकाे लागि आँफु स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस