बारा ४ का उम्मेदवार कृष्ण श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टीकरण
257 Views
बारा, कार्तिक ३ खाेज मिडिया । निर्वाचन आयोगले बारा जिल्ला क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ।
आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदातामाझ बोलेको भिडियो प्राप्त भएको पनि आयोगले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।
प्रतिक्रिया दिनुहोस