कविता — *तिम्रो यादमा*
425 Views
कविता –*तिम्रो यादमा*
***********
टाढ़ा छौ तिमी म देखि,
फेरि पनि…
तिम्रो सम्झना साथ छ
सामु नभए पनि तिमी,
मेरो मनलाई छुने तिम्रो बात
हरपल मेरो साथ छ
मेरो मुटुमा याद बनि
बसेको छौ तिमी
तिमी नै मेरो मुटुमा धडकिने
धड़कन बनि बसेका छौ
जब पनि याद आउछौ तिमी
मनको ढुकढुकि बढ्छ
नसोध के के हो के के
हृदयको बाॅटिकामा
नयाॅ नयाॅ चाहना
मौलाउॅन थाल्छ
कसरी भनुॅ म
जब पनि देख्छु तिमीलाई
मन डगमगाउॅन थाल्छ
ओंठहरूले मौन धारण गरे पनि
ऑसुले रसाएका नयनमा
प्रश्नको डुंगा पौडि रहेको हुन्छ।
तिम्रो यादमा पल पल हरपल
विचलित हुन्छ यो मन
जति जति भुल्न खोज्छु
उति नै याद आउॅछ झन।
उति नै याद आउॅछ झन।।
❤️❤️
नीता गुरूंग भाटिया ✍️
गुवाहाटी असम भारत।
प्रतिक्रिया दिनुहोस