राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा पुनः ऋषिराम दाहाल
402 Views
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा पुनः ऋषिराम दाहाल निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वितीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी, कोषाध्यक्षमा राजन सुवेदी, सह–सचिवमा रिजोन बस्ताकोटी, सह–कोषाध्यक्षमा हरिराज कोइराला तथा सदस्यहरुमा सपना सुनार, सोनिया कार्की खत्री, ऋषिराम बास्तोला बाबुराम, सृजना श्रेष्ठ र गंगा परियार चयन भएका छन् ।
यस अगाडि अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाहले अरुले संस्था कसरी चलाए भन्दा पनि आफुले कसरी संस्था चलाउने तर्फ सोच्न आग्रह गरे । अरुको देखासिखी गर्नुको सट्टा आफ्नो हैसियत अनुसार चल्न सबैमा उनको अनुरोध थियो ।
सोही कार्यक्रममा पत्रकारिताको माध्यमबाट कलाकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै रेडियो अन्नपूर्णमा कार्यरत पत्रकार राजाराम पौडेललाई सम्मान गरियो । यसैगरी संस्थाका प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, उपाध्यक्ष सागर कार्की, सह सचिव राजन सुवेदीलाई पनि संस्थागत कार्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार छवि सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना लगाएतले बोलेका थिए ।
नवनिर्वाचित जिल्ला कार्यसमिति, नगर समिति तथा ईकाई संयोजकलाई निर्वाचन मण्डलका प्रतिनिधिहरु विनोद ढकाल, शंकर ढकाल, नारायण प्रसाद सिग्देल, कृष्णप्रसाद गौतम र करण तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस