जेष्ठ नागरिकको हातबाट आशिर्वाद लिन पुगे स्वतन्त्र उम्मेदवार(आईतराम तामाङ)
432 Views
मकवानपुर, हेटाैँडा उपमहानगरपालिका वडा नं १३ मा स्वतन्त्र उम्मेदवार सम्पर्क कार्यलय उद्घाटन गरियाे ।
आउँदै गरेकाे मंसिर ४ गते निर्वाचन तयारीकाे लागि स्थानीय जन्तालाई सहज गराउँन सम्पर्क कार्यलय खाेलेकाे जनाएको छ । उक्त कार्यलय उद्घाटन कार्यक्रममा जेष्ठ नागरिकहरुकाे हातबाट स्वतन्त्रत उम्मेदवारले आशिर्वाद लिने एवम् ८० वर्ष उमेर पुगेका वृद्ध/वृद्धा जेष्ठ नागरिकहरुलाई दाेसल्ला ओडाएर एक/एक बट्टा हर्लिक्स बितरण गरि स्वतन्त्र उम्मेदवार आईत राम तामाङले सम्मान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा बाेल्दै स्थानीय युवा विकास वाईबाले भने,” धेरै पटक विभिन्न दलका नेताहरुलाई निर्वाचनमा मतदान गरि विजयी गरेर पठाए तर देश र जनताकाे हितकाे लागि केही गर्लान भन्ने साेचेर मतदान गरे आखिर कसैले केही गर्न सकेनन् त्यसैले अबकाे दिनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गरि सहयाेग गर्नुपर्छ ।” भन्दै सुझाव दिएका थिए ।
साेहि कार्यक्रममा ७ जना जेष्ठ नागरिकहरुकाे हातबाट आशिर्वाद लिदैँ स्वतन्त्र उम्मेदवार आईतराम तामाङले भने,”मलाई तपाईंहरुकाे आशिर्वादकाे आवश्यकता पर्छ तपाईंको भाेट कस्लाई दिने त्याे तपाईंको हातमा छ, मेराे लागि हृदय देखि आशिर्वाद दिनुहाेस् मेराे लागि त्याे नै काफि छ।”
उनले “यसरी आशिर्वाद लिदैँ अबकाे देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ, स्वराेजगार बनाउनुपर्छ त्यस्काे लागि म अगाडि बढेकाे छु जस्मा तपाईंहरुकाे हातमा छ अबकाे नेपाल कस्ताे बनाउने !”उक्त कार्यक्रम सञ्चालक विकास वाईबा(च्याङ्बा)ले गरेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस